म्यानचेस्टर सिटीविरुद्ध निर्णायक भिडन्त गर्न रियल मड्रिडको टिम सार्वजनिक

काठमाडौं, चैत ४

युईएफए च्याम्पियन्स लिग फुटबलमा क्वार्टरफाइनलको दोस्रो लेगको निर्णायक खेल खेल्न स्पेनको क्लब रियल मड्रिडले आफ्नो टिम सार्वजनिक गरेको छ । रियलले सेमिफाइनल प्रवेशका लागि साबिक च्याम्पियन इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ । आफ्नो घरमा भएको पहिलो लेगको खेलमा रियलले ३–३ को बराबरी खेलेको थियो । अब दोस्रो लेगको खेल निर्णायक हुनेछ, जुन सिटीको घरमा हुँदैछ ।

यो खेलका लागि रिययका प्रशिक्षक कार्लो एन्सेलोट्टीले दुई दिनअघि नै आफ्नो टिम सार्वजनिक गरेका हुन् । रियलको घोषित टोलीमा गोलकिपरमा लुनिन र किपा दुवै छन् । थिबाउट कोर्टुवा चोटका कारण अझै पनि टिम बाहिर छन् । फ्रन्ट लाइनमा भिनिसियस जुनियर, रोड्रिगो, जोसेलु, ब्राहिम डियाज परेका छन् । मिडिफिल्डमा जुड बलिङ्घम, टोनी क्रुस, लुका मोड्रिच, इडुआर्ड कामाभिङ्गा, फेडे भाल्भर्डे, चुवामेनी, ड्यानी सेबालस, अर्दा गुलर सहितका खेलाडी समावेश छन् ।

रियल मड्रिडको घोषित टोली तल हेरौं–

प्रकाशित मिति ४ बैशाख २०८१, मंगलवार ०८:२७