काठमाडौं, पुस १० इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोका नाममा सिरी ए लिग फुटबलमा एक नयाँ रेकर्ड बनेको छ । उमेरले २६ वर्ष नजिक रहेका पोर्चुगिज रोनाल्डो अब इटालीको शीर्ष लिगमा एकै वर्षभित्रमा ३३ गोल गर्ने २१औं शताब्दकै एक मात्रै खेलाडी बनेका छन् । वर्ष २०२० मा सिरी ए लिगका सबै खेल.....
एजेन्सी, पुस ९ इटालियन क्लब एसी मिलान युरोपियन टप–५ लिगमा स्पेनिस क्लब बार्सिलोनाले बनाएको ७२ वर्ष पुरानो एक दुर्लभ रेकर्ड बराबरी गरेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको मिलान यहाँसम्म आइपुग्दा पनि घरेलु लिग ‘सिरी ए’ मा अपराजित नै रहेको छ । गत राति लिगमा उसले १४औं साताको खेलमा आफ्नो घरेलु मैदानमा लाजियोलाई.....
काठमाडौं, पुस ९ इटालियन सिरी ए लिग फुटबलमा नापोली हारबाट मुस्किलले बचेको छ । गत राति भएको लिगको १३औं साताको खेलमा नापोली आफ्नै घरेलु मैदानमा पाहुना टोली टोरिनोसँग इन्जुरी समयमा गोल गर्दै १–१ को नतिजाका साथ हारबाट बचेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली टोरिनोले खेलको ५६औं मिनेटमा गोल गरेर.....
काठमाडौं, पुस ९ इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा यो सिजन उत्कृष्ट लयमा रहेको एसी मिलानले बलियो टोली लाजियोमाथि रोमाञ्चक जित निकालेको छ । गत राति भएको लिगको १४औं साताको खेलमा मिलानले पाहुना टोली लाजियोमाथि अन्तिम समयमा गोल गर्दै ३–२ को रोमाञ्चक जित निकाल्न सफल भयो । आफ्नो घरमा मिलानले खेलको १७औं.....
काठमाडौं, पुस ८ इटालियन सिरी ए लिगमा यो सिजन उपाधि होडमा रहेको इन्टर मिलानले लिगको १४औं साताको खेलमा कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा मिलानले भेरोनालाई उसैको घरेलु मैदानमा १–२ गोलले हराएको हो । यो जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा पनि चढेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित.....
एजेन्सी, पुस ८ गत राति (मंगलबार) इटालियन सिरी ए लिग फुटबलमा युभेन्टस र फियोरेन्टिनाको खेल खेलाउने रेफ्रीमाथि छानबिन हुने भएको छ । इटालियन मिडियाका अनुसार सो खेल खेलाउने रेफ्री फेडरिको ला पेन्नामाथि लिगले अनुसन्धान थाल्ने तयारी गरेको छ । उनले युभेन्टस–फियारेन्टिनाको खेल खेलाउनेक्रममा नियोजित रूपमा गलत.....
काठमाडौं, पुस ८ इटालियन सिरी ए लिगमा यो सिजन कमजोर स्थितिबाट अघि बढिरहेको युभेन्टसको ३ अंक कट्टा गरिएको छ । गत अक्टोबर महिनामा नापोलीसँगको खेल नखेली ३–० को जित पाउँदा प्राप्त भएको ३ अंक खोसिएको हो । त्यसबेला युभेन्टसको घरेलु मैदानमा हुने सो खेलमा नापोली सामेल भएको थिएन । तर, सिरी ए लिग समितिले खेल निर्धारित.....
काठमाडौं, पुस ८ इटालियन क्लब युभेन्टसले वर्ष २०२० को अन्तिम खेलमा लज्जास्पद हार भोगेको छ । सिरी ए लिगमा नेपाली समयअनुसार बुधबार बिहान भएको लिगको १३औं साताको खेलमा युभेन्टसलाई उसकै घरेलु मैदानमा पाहुना टोली फियोरेन्टिनाले ०–३ को हारको सिकार बनायो । यो हारसँगै युभेन्टसले वर्ष २०२० को बिदाइ नमिठो हारका.....
काठमाडौं, पुस ७ इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो प्लेयर अफ् द मन्थ घोषित भएका छन् । उनलाई युभेन्टसले आज अफिसियल रूपमा नोभेम्बर महिनाका लागि आफ्ना खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । रोनाल्डो केही दिनअघि मात्रै सिरी ए लिगअन्तर्गत पनि नोभेम्बर महिनाका लागि ‘प्लेयर.....
काठमाडौं, पुस ७ इटालियन सिरी ए लिमा आजबाट वर्ष २०२० को अन्तिम साताका खेल सुरु हुँदैछन् । सबै क्लबले ३ दिनभित्रमा १४औं साताका आ–आफ्ना खेल खेल्दा यी खेल वर्ष २०२० का अन्तिम खेल हुनेछन् । आज २ खेल हुनेछन्, जसमा एक खेलमा युभेन्टस र फियोरेन्टिनाको खेल पनि हुनेछ । लिगको १४औं स्थानको खेल खेल्न युभेन्टसले फियोरेन्टिनालाई.....