कोपा अमेरिका : इक्वेडर र चिलीको भिडन्त हुँदै

काठमाडौं, असार ६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भोलि (शनिबार) बिहान इक्वेडर र चिली भिड्दैछन् । समूह ‘सी’अन्तर्गत आफ्नो दोस्रो खेलमा इक्वेडर र चिली खेल्न लागेका हुन् ।

हाल समूहमा चिली ३ अंकसहित शीर्ष स्थानमा छ भने इक्वेडर अंकविहीन हुँदै पुछारमा छ । अघिल्लो खेलमा जापानलाई ४–० ले हराएको चिली यो खेल जितेर अन्तिम खेलअघि नै अर्को चरणमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

यता, हाल टेबलको पुछारमा रहेको इक्वेडर भने अंकविहीन हुँदै सबैभन्दा पुछारमा छ । ऊ यस खेलमा स्पष्ट जित निकालेर अर्को चरणको सम्भावना जीवितै राख्ने दाउमा छ । यदि यो खेल हारे इक्वेडरको अन्तिम आठको यात्रा संकटमा पर्नेछ ।

खेल नेपाली समयअनुसार भोलि (शनिबार) बिहान ४ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०९:०१
Loading...