स्पेनका प्रशिक्षकले अचानक किन दिए पदबाट राजीनामा ?

एजेन्सी, असार ६
स्पेनको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक लुइस इनरिकेले पदबाट राजीनामा दिएका छन् । अघिल्लो दिन उनले व्यक्तिगत कारण देखाउँदै पद त्याग गरेका हुन् ।

इनरिके ११ महिनाअघि स्पेनको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । पारिवारिक समस्यामा फसेकाले यसअघि इनरिकेले गत मार्चमा भएको माल्टा र सान मारिनोविरुद्धको खेलमा समेत टोलीमा थिएनन् ।

इनिरिकले दिएको राजीनामापत्रमा लेखेका छन्, ‘पारिवारिक कारणले गत मार्चदेखि नै टोलीलाई राम्रोसँग समय दिन सकिरहेको थिइनँ । यो समस्या झन् बढ्दै गएपछि मैले जिम्मेवारीबाटै हट्ने निर्णय गरेको हुँ ।’

इनरिके यसअघि बार्सिलोना क्लबका प्रशिक्षक थिए । त्यसपछि एक वर्ष खाली रहेर उनी स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए ।

यससँगै तत्कालका लागि स्पेनको टोली सहायक रोवर्टो मोरिनोले सम्हाल्नेछन् ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०४:४९
Loading...