एथ्लेटिकोले रियल मड्रिडबाट लोरेन्टो भित्र्यायो

एजेन्सी, असार ५
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले नयाँ खेलाडी भित्र्याएको छ । उसले लिग प्रतिस्पर्धी रियल मड्रिडबाट सेन्टर मिडफिल्डर मार्कोस लोरेन्टोलाई अनुबन्ध गरेको औपचारिक घोषणा आज गरेको हो ।

२४ वर्षीय स्पेनिस खेलाडीलाई एथ्लेटिकोले ४० मिलियन युरोमा अनुबन्ध गरेको हो । एथ्लेटिकोले लोरेन्टोसँग ५ वर्षका लागि सम्झौता गरेको जनाएको छ ।

रियलमा पहिलो रोजाइमा पर्न नसकेपछि लोरेन्टो निराश थिए । हालै प्रमुख प्रशिक्षक बनेर फर्किएका कोच जिनेदिन जिदानको नेतृत्वमा उनले टोलीमा स्थान बनाउन थप समस्या हुने भएपछि उनी एथ्लेटिको सर्न तयार भएका हुन् ।

रियलले यो समरमा नयाँ खेलाडी अनुबन्ध गरेकाले पनि उसले टोलीमा रहेका खेलाडीलाई बेच्ने तयारी गरेको छ । सोही योजनाअनुसार उसले लोरेन्टोलाई पनि बेचेको हो ।

रियलले अझै दर्जनभन्दा बढी खेलाडी बेच्ने तयारी गरेको छ । जसमा स्टार खेलाडीदेखि दोस्रो रोजाइका खेलाडी बढी छन् ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ११:४७
Loading...