कोपा अमेरिका : उरुग्वे र जापानको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असार ५
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा भोलि बिहान एक रोमाञ्चक खेल हुँदैछ । समूह ‘सी’अन्तर्गत दोस्रो खेलमा उरुग्वे र पाहुना टोली जापान आमनेसामने हुन लागेका हुन् ।

उरुग्वेले यसअघि आफ्नो पहिलो खेलमा इक्वेडरलाई ४–० को फराकिलो अन्तरले हराएर खातामा ३ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । यता, जापान भने पहिलो खेलमा चिलीसँग ४–० ले पराजित भएर समूहको सबैभन्दा पुछारमा छ । शीर्ष स्थानमा चिली छ ।

यस्तो अवस्थामा उरुग्वे जापानविरुद्धको खेलमा स्पष्ट जित निकालेर अन्तिम खेलअघि नै अर्को चरणको बाटो सुरक्षित गर्ने दाउमा छ । यता, जापान भने बलियो टिम उरुग्वेलाई हराएर अर्को चरण जाने सम्भावना खुलै राख्ने दाउमा छ ।

खेल नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ४ः४५ बजेबाट सुरु हुनेछ । दोस्रो राउन्डको अन्तिम खेल इक्वेडर र चिलीबीच शनिबार बिहान मात्रै हुनेछ ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ११:१०
Loading...