पिएसजीका यी स्टार जो रोनाल्डोसँग खेल्न युभेन्टस जाँदैछन् !

एजेन्सी, असार ५
फ्रेन्च क्लब पिएसजीका युवा र स्टार मिडफिल्डर आड्रेन राबिओट नयाँ सिजनअघि इटालियन क्लब युभेन्टस जाने करिब पक्का भएको छ । पिएसजीसँग सम्झौता सकिएका २४ वर्षीय मिडफिल्डर पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जाने भएका हुन् ।

नयाँ सिजनअघि युभेन्टसले आफ्नो मिडफिल्ड मजबुत बनाउन केही स्टार खेलाडी अनुबन्ध गर्ने भएको छ । त्यसका लागि उसले पिएसजीबाट फ्री ट्रान्सफरमा राबिओट अनुबन्ध गर्न लागेको हो ।

राबिओट स्वयंले पनि आफू रोनाल्डोसँग खेल्ने सपना रहेको बताएपछि युभेन्टसले सजिलैसित युवा खेलाडी अनुबन्ध गर्ने भएको हो ।

इटालियन मिडियाका अनुसार राबिअ‍ोट युभेन्टस सर्न तयार छन् । राबिओट अट्याकिङ मिडफिल्डमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । उनको उपस्थितिपछि युभेन्टसको मिडफिल्ड थप मजबुत हुने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ०६:०१
Loading...