पहिलो हाफमा पराग्वेलाई अग्रता : दोस्रो हाफमा अर्जेन्टिनाले गर्ला कमब्याक ?

काठमाडौं, असार ५
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले लिओनल मेस्सीको टिम अर्जेन्टिना र पराग्वे भिडिरहेका छन् । खेलको पहिलो हाफमा पाराग्वेले १–० को अग्रता लिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पराग्वेले सुरुबाटै आक्रामक खेल खेल्दै खेलको ३७औं मिनेटमा गोलको खाता खोलेको हो । बक्सभित्रबाट रिचार्ड सान्चेजले गोल गरेर पराग्वेलाई १–० को अग्रता दिएका हुन् ।

खेलमा पराग्वेले अर्जेन्टिामाथि लगातार दबाब कायम राखेको छ । गोलका बढी अवसर पनि अर्जेन्टिनाभन्दा पराग्वेले बनाइरहेको छ । अर्जेन्टिना दबाबमा खेलिरहेको छ ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ०१:१६
Loading...