कोपा अमेरिका : बोलिभियालाई हराउँदै पेरु क्वार्टरफाइनल नजिक

काठमाडौं, असार ४
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पेरुले सहज जित निकालेको छ । समूह ‘ए’अन्तर्गत आज बिहान भएको दोस्रो खेलमा पेरुले बोलिभियालाई ३–१ ले हरायो ।

यो जितसँगै पेरु ब्राजिल र भेनेज्वेलाको खेल नहुँदासम्म समूहको शीर्ष स्थानमा चढेको छ । उसको खातामा ४ अंक छ । यदि आजै हुने सो समूहको अर्को खेलमा ब्राजिलले जिते पेरु क्वार्टरफाइनल निजक पुग्नेछ । यदि ब्राजिल पराजित भए अन्तिम खेलबाट अर्को चरण जाने भेनेज्वेलाको पनि सम्भावना जीवितै रहनेछ ।

आज भएको खेलमा अग्रता भने बोलिभियाले लिएको थियो । उसका लागि खेलको २८औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनोले पेनाल्टीबाट गोल गर्दै १–० को अग्रता दिलएका थिए ।

तर, खेलको ४५औं मिनेटमा पेरुका लागि पाओलो गुरेरियोले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको ५५औं मिनेटमा जुफर्रसन फरफान र ९० मिनेटपछिको थप समयमा इडिसन फ्लोरेसले गोल गरेपछि खेल पेरुले ३–१ ले जित्यो ।

अब पेरु ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको ब्राजिल ३ अंकसहित दोस्रोमा छ । भेनेज्वेला १ अंकसहित तेस्रोमा छ । अहिले बिहान ६ः१५ बजेबाट ब्राजिल र भेनेज्वेलाको खेल हुँदैछ ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार ००:२४
Loading...