रियल मड्रिडद्वारा नयाँ खेलाडी रोड्रिगो सार्वजनिक

एजेन्सी, असार ३
यो समर सिजनमा खेलाडी अनुबन्धमा व्यस्त रहेको स्पेनिस रियल मड्रिडले नयाँ खेलाडी रोड्रिगो गोएसलाई सार्वजनिक गरेको छ । उसले आज घरेलु रंगशालामा सान्टियागो बेर्नाबेउमा १८ वर्षीय ब्राजिलियन युवा खेलाडीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

रियलले रोड्रिगोलाई ब्राजिलको क्लब सान्तोषबाट अनुबन्ध गरेको हो । द्रुत गतिका युवा फरवार्डलाई रियलले ४५ मियिलयन युरो खर्चेको छ । रियलले रोड्रिगोलाई अघिल्लै समरमा अनुबन्ध गरिसकेकोमा सहमतिअनुसार एक वर्षपछि क्लबका भित्र्याएको हो ।

सार्वजनिक हुनेक्रममा रोड्रिगोले रियलमा अनुबन्ध हुनु आफ्नो करिअरको सबैभन्दा खुसीको क्षण भएको बताए । ‘मलाई यहाँसम्म ल्याउनका लागि भगवान्लाई म धन्यवाद दिन चाहन्छु,’ सार्वजनिक भएपछि मन्तव्य राख्दै रोड्रिगोले भने, ‘मलाई आशा छ, मैले रियलका लागि प्रशस्तै खुसी सिर्जना गर्नेछु । आज मेरो जीवनका सबैभन्दा खुसीको दिन हो ।’

रियलले यसै साता मात्रै इंग्लिस क्लब चेल्सीबाट इडेन हाजार्ड, जर्मन क्लब फ्रान्कफुर्टबाट लुका जोभिक र फ्रेन्च क्लब लियोनबाट फर्लान मेन्डीलाई अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति ३ असार २०७६, मंगलवार १२:३४
Loading...