युरो कप : जर्मनी र डेनमार्क भिड्दै, सर्बियाको खेल पनि आजै

काठमाडौं, जेठ २
युइएफए यु–२१ युरो कप फुटबल प्रतियोगितामा आज दुई रोमाञ्चक खेलहरू हुँदैछन् । इटालीमा जारी प्रतियोगिताअन्तर्गत आज एक खेलमा समूह ‘बी’अन्तर्गत सर्बिया र अस्ट्रियाको खेल हुनेछ ।

आज यस खेलमा हालसालै रियल मड्रिडले अनुबन्ध गरेका नयाँ खेलाडी लुका जोभिक मुख्य केन्द्रमा हुनेछन् । सर्बियन उनलाई रियलले यसै साता मात्रै सार्वजनिक गरको थियो । यो खेल नेपाली समयअनुसार आज राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा जर्मनी र डेनमार्कको रोमाञ्चक भिडन्त हुनेछ । युवा टोलीको खेल भएकाले यस प्रतियोगितामा २१ वर्षभन्दा मुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

यसपटक यस प्रतियोगितामा जर्मनी, आयोजक इटाली, स्पेनलाई प्रमुख उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ । तर, स्पेन पहिलो खेलमा इटालीसँग ३–१ ले पराजित भइसकेको छ ।

आज हुने जर्मनी र डेनमार्कको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २ असार २०७६, सोमबार ०९:०६
Loading...