कोपा अमेरिका : जापान र चिलीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असार २
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा नेपाली समयअनुसार मंगलबार बिहान एसियाली फुटबलको पावर हाउस भनेर चिनिने देश जापान र चिली आफ्नो पहिलो खेल खेल्दैछन् । प्रतियोगितामा जापान पाहुना टोलीका रूपमा खेलिरहेको छ भने चिली पछिल्ला दुई सिजन लगातार ब्याक टु ब्याक कोपा जितेको टिम हो । जापानले यसअघि पनि एकपटक कोपा खेलिसकेको छ ।

समूह ‘सी’मा चिली र जापानसँगै उरुग्वे र इक्वेडर रहेका छन् । सो समूहबाट आज बिहान उरुग्वेले इक्वडेरलाई हराएर ३ अंक जोडिसकेको छ ।

सो समूहबाट भोलि बिहान दोस्रो खेलमा जापान र चिली आमनेसामने हुन लागेका हुन् । दुवै बलिया टिम भएकाले यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल नेपाली समयअनुसार मंगलबार बिहान ठीक ४ः४५ बजेबाट सुरु हुनेछ ।

सन् २०१८ मा भएको रसिया विश्वकपमा जापान अन्तिम १६ बाट आउट भएको थियो भने उरुग्वे अन्तिम आठसम्म पुगेको थियो । जापानलाई एसियाली फुटबलको पावर हाउस भनेर चिनिन्छ ।

उपाधिमा ह्याट्रिक गर्ने दाउमा रहेको चिली यस खेलबाट ३ अंक लिएर अंक तालिकामा उरुग्वेसँग प्रतिस्पर्धा गर्ने दौडमा छ । तर, बलियो टिम जापान उसका लागि सजिलो प्रतिस्पर्धी भने हुनेछैन ।

प्रकाशित मिति २ असार २०७६, सोमबार ०८:४६
Loading...