विश्वकै सर्वोत्कृष्ट क्लबमा आउन मैले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरें : हाजार्ड

एजेन्सी, असार १
यसै साता रियल मड्रिडले औपचारिक रूपमा आफ्नो खेलाडीका रूपमा सार्वजनिक गरेका स्टार खेलाडी इडेन हाजार्डले रियल मड्रिड विश्वको सबैभन्दा उत्कृष्ट क्लब रहेको बताएका छन् । रियलमा अनुबन्ध भएपछि ‘मार्सा’सँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्यत्ति मात्रै हैन, बेल्जियमको टोलीका कप्तानसमेत रहेका हाजार्डले आफू विश्वकै सर्वोत्कष्ट क्लबमा आउन बार्सिलोनाको अफर अस्वीकार गरेको समेत बताएका छन् । उनले रियलभन्दा पहिला आफूलाई बार्सिलोनाबाट प्रस्ताव आएको खुलासा गरेका हुन् ।

रियलले हाजार्डलाई इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनलाई रियलले ५० हजार घरेलु दर्शकमाझ सार्वजनिक गरेको थियो ।

‘रियल मेरो सपनाको क्लब हो । किनभने, सानैदेखि रियलको जर्सीमा खेल्नु मेरो सपना थियो । जुन आज आएर पूरा भएको छ,’ हाजार्डले भनेका छन् ।

हाजार्डले आफू विगतमा फ्रान्सको समर्थक रहेको पनि बताए । उनले हाल रियलको प्रशिक्षण सम्हालिरहेका जिनेदिन जिदानकै कारण फ्रान्सलाई सपोर्ट गरेको बताए ।

‘नढाँटी भन्दा मैले जिदानकै कारण फुटबल खेल्न थालेको थिएँ । उनी मेरा आइडल हुन्,’ हाजार्डले भने, ‘आज म उनकै नेतृत्वमा रियलबाट खेल्दैछु ।’

अन्तर्वार्ताक्रममा हाजार्डले रियल आउन आफूले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको पनि बताए । ‘म पहिल्यैबाट करिअरको कुनै मोडमा रियलमा अनुबन्ध हुन चाहन्थें । यहाँ आउन मैले बार्सिलोनाको अफरसमेत नकारें,’ हाजार्डले भने, ‘मैले मेरा एजेन्टलाई रियलबाट प्रस्ताव आए मात्रै कुरा अघि बढाउन भनेको थिएँ ।’

प्रकाशित मिति १ असार २०७६, आईतवार १३:०४
Loading...