कोपा अमेरिका : भेनेज्वेला र पेरु बराबरीमा रोकिए

काठमाडौं, असार १
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भेनेज्वेला र पेरु बराबरीमा रोकिएका छन् । समूह ‘ए’ अन्तर्गत गत राति भएको आफ्नो पहिलो खेलमा उनीहरूले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आक्रामक खेल खेले पनि खेलमा गोल निस्कन सकेन । भेनेज्वेला खेलको ७५औं मिनेटमा १० खेलाडीमा सीमित भए पनि पेरुले त्यसको फाइदा लिन सकेन ।

भेनेज्वेलाका खेलाडी लुइस डेल पिनो मागो खेलको छैटौं र ७५औं गरी दुई पहेंलो कार्डसँगै रातो कार्ड पाएर मैदान छाडेपछि बाँकी समयमा उसले १० खेलाडीमा खेलको थियो ।

यो बराबरीसँग समूह ‘ए’ मा पेरु र भेनेज्वेला समान १–१ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने ब्राजिलसँग पराजित बोलिभिया चौथो स्थानमा छ । ब्राजिल ३ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति १ असार २०७६, आईतवार ०१:१२
Loading...