अर्जेन्टिना भर्सेस कोलम्बिया : पहिलो हाफमा बराबरी !

काठमाडौं, असार १
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले अर्जेन्टिना र कोलम्बिया आफ्नो पहिलो खेलमा भिडिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

निकै प्रतिस्पर्धात्मक देखिएको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । दुवै टिमले पहिलो रोजाइका खेलाडीसहित खेलिरहेका छन् । तर, पहिलो हाफमा दुवै पक्षबाट गोल निस्कन सकेन ।

खेलको सुरुआती समयमा बढी आक्रमण बनाएको कोलम्बियाले पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेन । यता, लिओनल मेस्सीको टिम अर्जेन्टिनाले तुलनात्मक रूपमा थोरै मात्रै आक्रमण गर्न सके पनि उसले पनि गोलका लगि सहज अवसर बनाउन सकेन ।

प्रकाशित मिति ३२ जेष्ठ २०७६, शनिबार २२:५१
Loading...