अर्जेन्टिनाको प्लेइङ–११ सार्वजनिक, को–को परे ?

काठमाडौं, जेठ ३२
कोपा अमेरिका फुटबलमा नेपाली समयअनुसार भोलि (आइतबार) बिहान राति ३ः४५ बजेबाट आफ्नो पहिलो खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । सो खेलअघिको पत्रकार सम्मेलनबाटै अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले कोलम्बियाविरुद्ध उत्रिने आफ्नो सुरुआती–११ घोषणा गरेका छन् ।

लिओनल लमेस्सीको कप्तानीमा घोषित टिममा अधिकांश स्टार खेलाडीले पहिलो खेलमै सुरुआती टिममै स्थान बनाएका छन् । कोलम्बियाविरुद्ध उत्रिँदा अर्जेन्टिनी टिममा सर्जियो अगुएरो र एन्जल डि मारियाले आक्रमण लाइनमा मेस्सीलाई सघाउनेछन् ।

पहिलो खेलमा युभेन्टसका फरवार्ड पाउलो डिबाला र इन्टर मिलानका लौटारो मार्टिन्जलाई बेन्चमा राखिनेछ । यसअघि मार्टिन्जले निकारागुवाविरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल हानेका थिए ।

अर्जेन्टिनाले खेलेका पछिल्ला १० खेलमा ६ खेल जितेको छ भने ३ खेल हारेर एक खेल बराबरी गरेको छ ।

यस्तो छ कोलम्यिबाविरुद्ध उत्रिने अर्जेन्टिनी–११ :

प्रकाशित मिति ३२ जेष्ठ २०७६, शनिबार १५:३२
Loading...