यसरी हेर्नुहोस् कोपा अमेरिका फुटबलको लाइभ ! (सजिलो तरिकासहित)

काठमाडौं, असार १३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो सेमिफाइनल खेलमा आज राति एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिओनल मेस्सीको टिम अर्जेन्टिना र भेनेज्वेला आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुनेछ ।

विगत वर्षहरूमा भारतको ब्रोडकास्टिङक कम्पनीले कोपाको प्रशारण अधिकार खरिद गरेर भारतसहित सब–कन्टिनेन्ट राष्ट्रमा प्रशारण गर्दै आएको थियो । तर, यसपटक सोनी नेटवर्कले कोपाको प्रशारण अधिकार खरिद नगरेकाले भारत र नेपालसहित सब–कन्टिनेन्ट राष्ट्रहरूमा यो खेल टिभीमा लाइभ छैन ।

कोपाको लाइभ विभिन्न फेसबुक पेजहरूले पनि दिइरहेका हुन्छन् । तर, फेसबुकमा यो प्रतियोगिता लाइभ हुनु अवैध हो । तसर्थ, कतिपयले त्यस्ता पेज वा लिंक सेयर गरे पनि ती राम्रा हुँदैनन् भने कपी राइटका कारण जतिबेला बन्द हुनसक्छन् । त्यसैले फेसबुक लाइभको भर यसमा हुँदैन ।

नेपालमा प्रत्यक्ष रूपमा टिभीमा यो खेल लाइभ हेर्न नपाइरहेका दर्शक तथा फुटबलप्रेमीहरूका लागि केही सजिला तरिका यहाँ दिइएको छ । यो जानकारी नेपालबाहिर रहेर टिभी वा अन्य तरिका वा माध्यमबाट हेरिरहेकाहरूका लागि नभई नेपालमा रहेका वा बाहिर रहेका त्यस्ता फुटबलप्रेमी जसले सजिलै यस्तो स्रोत वा तरिका थाहा पाउँदैनन्, उनीहरूका लागि हो ।

इन्टरनेटका माध्यमबाट स्मार्ट मोबाइल प्रयोगकर्ताले विभिन्न मोबाइल एपहरू प्रयोग गरेर खेल लाइभ हेर्न सक्छन् । फुटबल लाइभ दिने थुप्रै एपहरू हुन्छन् । तर, सबै एप सबै देशमा नचल्न सक्छन् । यहाँ सजिला र भरपर्दा दुई एपको प्रयोगबारे बताइएको छ ।

१) यदि तपाईंसँग एन्ड्रोइड भर्सनको मोबाइल र फास्ट नेट छ भने गुगल पेज वा गुगल क्रुम ब्राउजरमा गएर navixsport app सर्च गर्नुहोस् । अनि त्यहाँ सबैभन्दा सिरानमा आउने Navixsport for Android-Download लिंकमा क्लिक गरी डाउनलोड प्रक्रिया पूरा गर्नुहोस् । डाउनलोडका हरेक प्रक्रिया यहाँ दिइएको छ, ध्यान दिएर पूरा गर्नुहोस् ।

  1. Free Download
  2. Install from Google Play (Right Side)
  3. Download APK (Top Black)
  4. Do you want to download Navixsport APP again? Download मा क्लिगन गर्नुहोस् !
  5. Open
  6. INSTALL
  7. Open
  8. Skip

अब सबै प्रक्रिया पूरा भएपछि तपाईं तल तस्बिरमा दिइएको जस्तै एपको होम पेजमा पुग्नुहुन्छ । यहाँबाट तपाईंले अंग्रेजी कमेन्ट्रीमा सजिलै कोपाका सबै खेल HD क्वालिटीमा हेर्न पाउनुहुन्छ ।

२) अर्को सजिलो एप Live Copa America 2019 Brazil हो । यसलाई तपाईंले सोझै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड गरेर तपाईंले beIN SPORT LIVE कोलमबाट HD का क्वालिटी लेखिएका मध्येबाट लाइभ खेल भएको च्यानलबाट सजिलै खेल हेर्न सक्नुहुन्छ । यसको पहिलो एप डाउनलोड गरिकसेपछि सिस्टमले तपाईंलाई त्यसैबेला तुरुन्तै सोही नामको अर्को सहयाक एप डाउनलोड गर्न भन्न सक्छ । त्यसो भने त्यो पनि गर्नुस् । अनि मात्रै पहिलोपटक डाउनलोड गरेको एपबाट लाइभ भिडियो आउनेछ ।

अन्य तरिका :

तल दिइएका दुई साइटलाई मोबाइल वा ल्यापटप–कम्प्युटरबाट लगिन गरेर तपाईंले HD क्वालिटीमा खेल हेर्न सक्नुहुन्छ । खेल सुरु हुनुभन्दा २–३ मिनेट अघिबाट यी लिंकमा लाइभ हुन्छ ।

website link : www.totalsportek.com

(होम पेज खुलेपछि FOOTBALL क्लिक गर्नुहोस् । खेल लाइभ हुने समयमा त्यहाँ लाइभ हुनेछ ।)

website link : www.mrsoccers.com

(होम पेज खुलेपछि केही तल LIVE, SCHEDULE, MATCH RESULTS लहरै देखिन्छन् । खेल सुरु हुन लाग्दा त्यहाँबाट LIVE मा क्लिक गरेर HD क्वालिटीमा मज्जाले लाइभ हेर्न सकिन्छ । यी लिंक लाइभ काटिने वा अड्किने कुनै पिर हुँदैन ।)

प्रकाशित मिति ३२ जेष्ठ २०७६, शनिबार १३:४५
Loading...