‘सर्वाधिक मूल्यवान्’ खेलाडीको सूची सार्वजनिक : कसको स्थान कहाँ ?

एजेन्सी, जेठ ३०
समकालीन फुटबलका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजिनक भएको छ । जसमा फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमाबाप्पे सर्वाधिक ‘ट्रान्सफर भ्यालु’भएका खेलाडी बनेका छन् ।

फुटबलसम्बन्धी अध्ययन÷सर्वेक्षण गर्ने संस्था ‘सिआइइएस फुटबल अब्जरभेटरी’ ले सार्वजनिक गरेको सूचीमा २० वर्षीय एमबाप्पे सर्वाधिक मार्केट भ्यालु भएका खेलाडीको सूचीको पहिलो नम्बरमा रहेका छन् ।

सन् २०१८ मा फ्रानसलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तथा भर्खरै सकिएको सिजनमा लिग वानबाट सिजनका उत्कृष्ट खेलाडी बनेका एमबाप्पेको कूल ट्रान्सफर भ्यालु २५२ मिलियन युरो रहको छ ।

उनीपछि इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद सालाह छन् । उनको मार्केट भ्यालु २१९ मिलियन युरो छ भने म्यानचेस्टर सिटीका रहिम स्टर्लिङको २०८ मिलियन छ ।

सन् २०१८ मा ‘फर्ब्स’ म्यागजिनको सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बार्सिलोनाका लिओनल मेस्सी भने यो सूचीमा चौथो स्थानमा छन् । उनको भ्यालु १६७ मिलियन युरो छ ।

पाँचौं नम्बरमा जर्मन क्बल बोरुसिया डर्टमुन्डका जोर्डन सान्चो छन् । उनको भ्यालु १५९ मिलियन युरो छ । त्यसैगरी, ब्राजिलका नेइमारको भ्यालु १२४ मिलियन छ । उनी सूचीको १७औं स्थानमा छन् ।

यता, इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको मार्केट भ्यालु ११८ मिलियन छ । उनी २०औं स्थानमा मात्रै छन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार १४:५९
Loading...