काठमाडौंमा बार्सिलोनाका फ्यानहरूको विशेष जमघट हुँदै !

काठमाडौं, जेठ ३०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपालस्थित समर्थकहरूले विशेष जमघट कार्यक्रम गर्ने भएका छन् । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नाम फेसबुक ग्रुपको आयोजनामा काठमाडौंमा फ्यानहरूले विशेष जमघट गर्ने भएका हुन् ।

जमघट शनिबार काठमाडौंको बसन्तपुर क्षेत्रमा बिहान ११ बजेबाट सुरु हुनेछ । समर्थकहरूले आपसमा घुलमिल हुनुका साथै नेपाली फुटबलको विकासमा समूहगत रूपमा कसरी सहगोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्देश्यले जमघट कार्यक्रम राखिएको सो फेसबुक ग्रुपका प्रमुख कविराज श्रेष्ठले बताए ।

देश तथा विदेशाम रहेका नेपाली फुटबलप्रेमीका तर्फबाट आगामी दिनमा नेपाली फुटबलको विकासमा समेत सामूहिक कार्य गर्ने योजना आफूहरूसँग रहेको पनि उनले जानकारी दिएका छन् ।

सो जमघट कार्यक्रममा काठमाडौं उपत्यकाभित्र रहेका सम्पूर्ण बार्सिलोनाका फ्यानहरू सहभागी हुनसक्ने आयोजकले जनाएको छ ।

बार्सिलोनाका हरेक खेलमा जर्सी प्रायोजन !

यसैबीच, सो फेसबुक समूहलाई काठमाडौंस्थित ‘केटिएम स्पोट्र्स जोन’ले एक सिजनका लागि जर्सी प्रायोजन गर्ने भएको छ । उसले २०१९÷२० को सिजनभर बार्सिलोनाका हरेक खेलमा खेलअघि खेलको स्कोर मिलाउने (म्याच प्रेडिक्ट) मध्येबाट एकजनालाई जर्सी पुरस्कारस्वरूप दिनेछ ।

शनिबार ‘केटिएम स्पोट्र्स जोन’ र सो समूहका प्रतिनिधिबीच दोहोरो सम्झौता हुने बताइएको छ । सो समूहले निकट भविष्यमै ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक ग्रुपलाई एक संस्थाका रूपमा दर्ता गरेर फुटबल साथै सामाजिक क्षेत्रमा समेत काम गर्ने योजना रहेको बताइएको छ ।

‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ बार्सिलोनाका नेपाली फ्यानहरूको सबैभन्दा ठूलो समूह हो । सो समूहमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य छन् ।

कार्यक्रमबारे थप जानकारी :

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार १३:०४
Loading...