अन्तत : रोनाल्डोमाथि लागेको ‘बलात्कारको मुद्दा’ फिर्ता !

एजेन्सी, जेठ ३०
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा फिर्ता भएको छ । अमेरिकन मोडल क्याथरिन म्यायोग्राले गत सेप्टेम्बरमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै अमेरिकाको लस भेगासस्थित प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

उनको मुद्दा प्रहरीमार्फत् अदालतसम्म पुगेको थियो । उनले सन् २००९ को घटनालाई लिएर गत सेप्टेम्बरमा मुद्दा दर्ता गरेकी थिइन् ।

तर, बलात्कार आरोप लागेको करिब ७ महिनापछि उनले रोनाल्डोमाथि लगाएको फिर्ता लिएकी हुन् । स्पेनिस ‘मार्सा’का अनुसार म्यायोग्राले एक महिनाअघि नै सो मुद्दा फिर्ता लिएको खुलेको छ । म्यायोग्राले मुद्दा फिर्ता लिनुको कारणबारे भने केही पनि खुलाइएको छैन ।

रोनाल्डोेले अमेरिकी ती मोडलले सन् २००९ मा लस भेगासस्थित एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । सो आरोप लागेपछि रोनाल्डोले भने सुरुबाटै बलात्कार आरोपको खण्डन गर्दै आएका थिए । उनले मुद्दाविरुद्ध आफ्नो वकिलसमेत खटाएका थिए ।

रोनाल्डो अघिल्लो सिजन सकिएसँगै रियल मड्रिड छाडेर युभेन्टसमा अनुबन्ध भएका थिए । उनी अहिले बिदामा छन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार १२:२८
Loading...