एजेन्सी, जेठ ३०
इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०१९/२० को खेल तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार नयाँ सिजनको पहिलो खेल च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीको भिडन्त हुनेछ ।
सिजनको उद्घाटन खेल सन् २०१९ का अगस्ट ९ तारिखका दिन हुनेछ । प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीले अगस्ट १० मा वेस्टह्यामससँग खेल्नेछ ।
त्यसपछि अगस्ट १० तारिखमा ७ खेल हुनेछन् । जसमा बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथह्यामपटन, क्रिस्टल प्यालेसले एभर्टनसँग खेल्दा लेस्टर सिटीले उल्भ्ससँग खेल्नेछ । त्यसपछि वाटफोर्डले ब्राइटन र टोटनह्यामले एस्टोन भिल्लासँग खेल्ने तालिका रहेको छ ।
पहिलो चरणको अन्तिम म्यानचेस्टर युनाइटेड र चेलसी खेल्नेछन् । यो खेल अगस्ट ११ मा हुनेछ ।
प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ११:१६