कोपा अमेरिका : नेपाली समयअनुसार खेल तालिका र लाइभबारे जानकारी

काठमाडौं, जेठ ३०
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका नेपाली समयअनुसार शनिबार बिहानबाट सुरु हुँदैछ । यसपटक यो प्रतियोगिता ब्राजिलमा हुँदैछ । प्रतियोगितामा कूल १२ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जापान र कतार गरी दुई टिम पाहुना टोलीका रूपमा सहभागी छन् । सहभागी कूल १२ टिमलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । यहाँ सो प्रतियोगिताबारे पूरा जानकारी दिइएको छ ।

कुन समूहमा को–को छन् ?

समूह ए – ब्राजिल, बोलिभिया, पेरु, भेनेज्वेला
समूह बी – अर्जेन्टिना, कोलम्बिया, पराग्वे र कतार (पाहुना)
समूह सी – उरुग्वे, चिली, इक्वेडर, जापान (पाहुना)

समूह चरणअन्तर्गत पहिलो चरणका खेलअन्तर्गत

  1. ब्राजिल भर्सेस बोलिभिया (उद्घाटन खेल) – जुन १५, शनिबार – बिहान ६ः१५ बजे
  2. भेनेज्वेला भर्सेस पेरु – जुन १६, आइतबार – बिहानको राति १२ः४५ बजे
  3. अर्जेन्टिना भर्सेस कोलम्बिया – जुन १६, आइतबार – बिहान ३ः४५ बजे
  4. पराग्वे भर्सेस कतार – जुन १७, सोमबार – बिहानको राति १२ः४५ बजे
  5. उरुग्वे भर्सेस इक्वेडर – जुन १७, सोमबार – बिहान ३ः४५ बजे
  6. जापान भर्सेस चिली – जुन १८, मंगबालर – बिहान ४ः४५ बजे

दोस्रो चरणका खेलहरू :

  1. बोलिभिया भर्सेस पेरु – जुन १९, बुधबार – बिहान ३ः१५ बजे
  2. ब्राजिल भर्सेस भेनेज्वेला – जुन १९, बुधबार – बिहान ६ः१५ बजे
  3. कोलम्बिया भर्सेस कतार – जुन २०, बिहीबार – बिहान ३ः१५ बजे
  4. अर्जेन्टना भर्सेस पराग्वे – जुन २०, बिहीबार – बिहान ६ः१५ बजे
  5. उरुग्वे भर्सेस जापान – जुन २१, शुक्रबार – बिहान ४ः४५ बजे
  6. इक्वेडर भर्सेस चिली – जुन २२, शनिबार – बिहान ४ः४५ बजे

तेस्रो चरणका खेलहरू :

  1. बोलिभिया भर्सेस भेनेज्वेला – जुन २३, आइतबार – बिहान राति १२ः४५ बजे
  2. पेरु भर्सेस ब्राजिल – जुन २३, आइतबार – बिहान राति १२ः४५ बजे
  3. कतार भर्सेस अर्जेन्टिना – जुन २४, सोमबार – बिहानको राति १२ः४५ बजे
  4. कोलम्बिया भर्सेस पराग्वे – जुन २४, सोमबार – बिहानको राति १२ः४५ बजे
  5. चिली भर्सेस उरुग्वे – जुन २५, मंगलबार – बिहान ४ः४५ बजे
  6. इक्वेडर भर्सेस जापान – जुन २५, मंगलबार – बिहान ४ः४५ बजे

नोट : क्वार्टरफाइनलका खेल र समयबारे आगामी दिनमा जानकारी दिइनेछ ।

क्वार्टरफाइनल को–को पुग्छन् ?

समूह चरणबाट हरेक दुई शीर्ष टिम सोझै क्वार्टरफाइनल पुग्छन् । जसमा समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’बाट समूहका शीर्ष दुई टोली क्वार्टफाइनल पुग्दा सबै समूहबाट तेस्रो स्थानमा रहेकामध्येबाट उत्कृष्ट दुई टिमलाई क्वार्टरफाइनलमा प्रवेश दिइन्छ । जहाँ आठ टिम सेमिफाइनलमा भिड्नेछन् ।

क्वार्टफाइनलका खेलहरू जुन २८ बाट सुरु हुनेछन् । त्यसपछि सेमिफाइनलका खेल जुलाई ३ बाट सुरु हुनेछन् ।

नेपालमा लाइभ कसरी हेर्ने ?

भारत र नेपालमा कोपा अमेरिका खेल सोनी नेटवर्कअन्तर्गत Sony Six र Sony Six HD बाट प्रत्यक्ष प्रशारण हुनेछ । यो प्रतियोगिता प्रशारणका लागि विभिन्न देशका संस्थाहरूलाई प्रशारण अधिकार बेचिएको छ ।

यो पनि पढ्नुहोस् : कोपामा जापान र कताले कतारले कसरी प्रवेश पाए ?

कोपा अमेरिका प्रतियोगितामा यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिन्थ्यो । किनभने, यो महादेशस्तरीय प्रतियोगिता हो । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्छ ।

यो दक्षिण अमेरिकी क्षेत्रको फुटबलको सर्वोच्च संस्था हो । सो संस्थामा विभिन्न १० देश आबद्ध छन् । प्रतियोगितामा १० देशले सहभागिता जनाउँछन् ।

तर, आयोजकले विभिन्न समयमा सो क्षेत्रका १० टोलीबाहेक अन्य देशलाई समेत ‘आगन्तुक टोली’ का रूपमा प्रतियोगितामा सहभागी गराउने गर्छ । उसले विगतदेखि नै यस्तो गर्दै आइरहेको छ । जसबाट प्रतियोगितामा विभिन्न १२ देश सहभागी हुन्थे ।

तर, यसपटक भने आयोजकले यसअघि दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि देशका रूपमा बोलाउने निर्णय गरेर पछि निर्णय बदल्यो । आयोजकले २०१८ को मार्च १६ मा एसियन क्षेत्रबाट र उत्तरी अमेरिकी क्षेत्रबाट ३–३ देश गरी ६ देशलाई आगन्तुक देशका रूपमा बोलाउने निर्णय गरेको थियो ।

तर, पछि २०१८ को अफ्रिल १२ मा उसले २०२२ को विश्वकप आयोजक देशको हैसियतमा कतारलाई पाहुना टोलीका रूपमा बोलाउने निर्णय गर्यो । जसमा कतारले पनि सो प्रस्ताव स्वीकार गरेको थियो ।

पछि २०१८ को मार्च ४ मा आयोजकले आफ्नो निर्णयमा फेरबदल गर्दै पुनः कोपा अमेरिकामा १२ देश मात्रै सहभागी गराउने निर्णय गर्यो । र, अन्य ४ आगन्तुक देशको प्रवेश रोक्यो ।

त्यसबेला आयोजकले कतार विश्वकपको आयोजकको हैसियतमा कतार र एसियन क्षेत्रबाट जापानलाई अतिथि टोलीका रूपमा भित्र्याउने औपचारिक निर्णय पास गरेको थियो । सो निर्णयसँगै आयोजकले यसपटक उत्तरी अमेरिकी क्षेबाट सधैं खेल्दै आएका टोलीको सहभागिता भने रोक्ने निर्णय गरेको थियो ।

यसअघि सो क्षेत्रबाट मेक्सिकोलगायत देशले खेल्थे । मेक्सिकोले सन् १९९३ देखि यता विभिन्न १० संस्करणमा कोपा अमेरिका खेलेको छ । त्यसैगरी, अमेरिकाले पनि यो प्रतियोगिता चारपटक खेलिसकेको छ ।

यससँगै कतार पहिलोपटक कोपा अमेरिका खेल्ने खाडी देश बनेको छ । जापानले भने यसअघि सन् १९९९ मै कोपा अमेरिकामा सहभागिता जनाइसकेको छ ।

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ०६:३८
Loading...