रियल मड्रिडले नयाँ डिफेन्डर भित्र्यायो

एजेन्सी, जेठ ३०
यो सिजन खेलाडी भित्र्याउन व्यस्त रहेको स्पेनिस क्लब रियल मड्रिडले नयाँ खेलाडी अनुबन्ध गरेको छ । उसले फ्रेन्च क्लब लियोनका लेफ्ट ब्याक फर्लान मेन्डीलाई ६ वर्षका लागि अनुबन्ध घोषणा गरेको हो ।

रियलले अफिसियल वेबसाइटबाट विज्ञप्ति जारी गर्दै फ्रेन्च खेलाडी अनुबन्ध गरेको पुष्टि गरेको छ । रियलले टोलीमा युवा खेलाडीको उपस्थिति बढाउन २४ वर्षीय लेफ्ट ब्याक अनुबन्ध गरेको हो ।

मेन्डीका लागि रियलले लियोनलाई ४७ मिलियन पाउन्ड ट्रान्सफर फी तिरेको बताइएको छ । मेन्डीलाई रियलले हाल टोलीमा रहेका लेफ्ट ब्याक मार्सेलोको दीर्घकालीन विकल्पमा रूपमा अनुबन्ध गरेको हो ।

मेन्डी रक्षापंक्तिमा निकै प्रभावशाली खेलाडी मानिन्छन् । उनी रक्षापंक्तिदेखि आक्रमण लाइनसम्म पनि खट्न सक्छन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ०३:४३
Loading...