एथ्लेटिकोका सिइओले भने– ‘ग्रीजम्यान बार्सिलोना जाँदैछन्’

एजेन्सी, जेठ ३०
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका सिइयो गिल मारिनले यो पुष्टि गरेका छन् कि, फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान बार्सिलोनामा अनुबन्ध हुँदैछन् । ग्रीजम्यानले सिजन सकिन सातादिन बाँकी छँदै एथ्लेटिको छाड्ने घोषणा गरेका थिए ।

गत सिजनबाटै स्पेनिस बार्सिलोनाले भित्र्याउन चाहेको चर्चा चल्दै आएको थियो । त्यसपछि पनि बार्सिलोनाले लगातार फ्रेन्च फरवार्ड भित्र्याउन प्रयास गरे पनि कप्तान मेस्सीसहित केही खेलाडीले ग्रीजम्यान भित्र्याउन नहुने अडान लिएकाले बार्सिलोनाले ठोस कदम चाल्न सकेको थिएन ।

तर, बार्सिलोना अझै पनि २८ वर्षीय ग्रीजम्यान अनुबन्ध गर्ने दौडमै छ । यो कुरा एथ्लेटिकोका सिइयो स्वयंले पुष्टि गरेका छन् । ‘यो पछिल्लो कुरा हो कि, ग्रीजम्यान नयाँ सिजनमा बार्सिलोनाबाट खेल्नेछन्,’ सिइयो मारिनले भनेका छन् ।

उनले मार्चबाटै ग्रीजम्यान बार्सिलोना जान इच्छुक रहेको उल्लेख गर्दै सही समय र अफर कुरिरहेको बताए । ‘हामीलाई मार्चदेखि नै यो थाहा थियो कि, उनी बार्सिलोना जाँदैछन् । तर, त्यसका लागि उनले चित्तबुझ्दो अफर कुरिरहेका थिए ।’

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ०१:५८
Loading...