भाल्भर्डेले ‘बेच्नुपर्ने ८ खेलाडीको सूची’ क्लबलाई बुझाए, को–को छन् ?

एजेन्सी, जेठ २९
सिजन २०१८/१९ मा बार्सिलोनाले घरेलु लिग ला लिगा जिते पनि युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भयो । च्याम्पियन्स लिगबाट आउट भएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे, कप्तान लिओनल मेस्सीसहित केही प्रमुख खेलाडी र क्लबका अध्यक्षको चर्को आलोचना भयो ।

तर, च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने नयाँ सिजनका लागि भव्य योजना बनाउने बताएका थिए ।

समर सिजन सुरु भएपछि अन्य क्लब धमाधम खेलाडी किनबेचमा व्यस्त रहेका बेला बार्सिलोना भने मौन देखिएको छ । तर, स्पेनिस ‘मार्सा’का अनुसार बार्सिलोनाले यसै साताबाट सरुवा बजारलाई सक्रिय बनाउने भएको छ ।

सिजनको अन्तिम समयमा फ्यानहरूबाट चर्को आलोचना खेपेका प्रशिक्षक भाल्भर्डेले नयाँ सिजनअघि टोलीका ८ जना खेलाडी आफ्नो योजनामा नरहने बताउँदै उनीहरूलाई बेच्न क्बललाई सुझाव दिएका छन् । भाल्भर्डेले आफ्नो योजनामा नरहेका ८ जना खेलाडीको सूचीमा क्लबलाई बुझाएका छन् ।

जसमा दोस्रो रोजाइका डच गोलकिपर ज्यास्पर सिलेसन, पोर्चुगिज लेफट् ब्याक नेल्सन सेमेडो, फ्रेन्च डिफेन्डर साुमएल उम्टिटी, क्रोएसियन मिडफिल्डर इभान राकिटिक रहेका छन् ।

त्यसैगरी, लोनमा बाहिर रहेका खेलाडी पोर्चुगिज आन्द«े गोमेज, स्पेनिस डेनिस स्वारेज, ब्राजिलियन विंगर माल्कोम र ब्राजिलकै फिलिपे कोउटिन्हो रहेका छन् ।

त्ययसैगरी, भाल्भर्डेको योजनामा बेल्जियन खेलाडी थोमस भर्माइलेन, स्पेनिस भ्यालेन्सियाबाट लोनमा आएका जेइन्स मुरिल्लो र इटालियन क्लबबाट लोनमा आएका केभिन प्रिन्स बोटेङसमेत नरहेको उल्लेख छ ।

लोनमा आएका मुरिल्लो र बोटेङलाई पूर्वक्लब नै फर्काउने तयारी बार्सिलोनाले गरेको छ ।

यता, यसअघि च्याम्पियन्स लिगबाट आउट भएपछि चर्को आलोचना खेपेका उरुग्वेन खेलाडी लुइस स्वारेज बेच्ने पक्षमा भाल्भर्डे छैनन् । मेस्सीसँगको सेट कायम राख्न भाल्भर्डेले स्वारेजलाई कायम राख्नुपर्ने सुझाव क्लबलाई दिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १३:०४
Loading...