‘रोनाल्डो आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी हुन्’

एजेन्सी, जेठ २९
प्रिमियर लिग क्लबबाट खेल्ने पोर्चुगलका मिडफिल्डर रुबेन नेभेसले आफ्ना राष्ट्रिय टिमका सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेपछि नेभेसले रोनाल्डोलाई ‘आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी’ भन्दै तारिफ गरेका छन् ।

‘क्रिस्टियानो समकालीन फुटबलका सर्वश्रेष्ठ खेलाडी हुन्,’ एक्सप्रेस एन्ड स्टारसँग कुरा गर्दै नेभेसले भनेका छन् ।

नेभेसले रोनाल्डोले भाग्यको भरमा मात्रै दुई–दुई पटक अन्तर्राष्ट्रिय उपाधि र पाँचपटक बलोन डि‘ओर नजितेको बताए । ‘उनले यसपटक सेमिफाइनलमा जे गरे, त्यो अद्भुत थियो । उनले हरेकपटक ठूला खेलमा आफूलाई साबित गर्दै आएका छन्,’ नेभेसले थपे ।

‘के त्यसो भए तपाईं रोनाल्डोलाई सर्वश्रेष्ठ खेलाडी मान्नुहुन्छ त’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अवश्य पनि मान्छु । उनी आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी हुन् । यो मैले भनेको होेइन, उनले पाएका सफलता र तथ्यांकले बोल्छ ।’

रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको प्रतिस्पर्धाबारे पनि नेभेसले बोले । उनले मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म रोनाल्डोसँग तुलना हुन नसक्ने बताए । ‘रोनाल्डो एक अदभुत् खेलाडी हुन् । म उनको खेलको ठूलो प्रशंसक हुँ । तर, अन्तर्राष्ट्रिय उपाधि नजित्दाउम्म उनी रोनाल्डोको बराबरी हुन सक्दैनन्, यो सबैलाई थाहा छ,’ नेभेसले भने ।

नेभेसले रोनाल्डोजस्ता खेलाडीसँग खेल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको पनि बताए । ‘म साँच्चै भाग्यमानी हुँ कि, रोनाल्डोजस्ता खेलाडीसँग खेल्न पाएँ ।’

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार ०७:११
Loading...