काठमाडौं, जेठ २८
युरो कप छनौट खेलमा इटालीले कठिन जित दर्ता गरेको छ । गत राति भएको खेलमा इटालीले बोस्निया एन्ड हर्ज गोभिनामाथि २–१ को कठिन जित निकालेको हो ।
आफ्नो घरमा भएको खेलमा इटालीलाई जिताउन लोरेन्जो इनसिग्ने र मार्को भेराट्टीले १–१ गोल गरे । बोस्नियाका लागि इडेन जेकोले १ गोल गरे ।
इटालीले आफ्नै घरमा पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । खेलको ३२औं मिनेटमा जेकोले गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा इटाली खेलमा फर्कियो । उसका लागि पहिलो हाफ सुरु भएको ४ मिनेटमै इनसिग्नेले गोल गरेर खेल १–१ बनाए ।
त्यसपछि खेलको अनितम ४ मिनेट बाँकी रहेका बेला मार्को भेराट्टीले गोल गरेपछि खेल इटालीले २–१ ले जित्यो ।
यो जितसँगै इटाली समूह ‘जे’ मा अपराजित रहेको छ । ऊ ४ खेलबाट शतप्रशित १२ अंकसहित सबैभन्दा सिरानमा रहेको छ ।
प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार ०२:४५