युरो कप छनौट : बेल्जियमको जितमा लुकाकुको २ गोल

काठमाडौं, जेठ २८
फरवार्ड रोमेलु लुकाकुले २ गोल गरेपछि युरो कप छनौट खेलमा बेल्जियमले अर्को जित दर्ता गरेको छ । गत राति भएको खेलमा उसले स्कटल्यान्डमाथि ३–० सहज जित निकालेको हो ।

आफ्नो घरमा भएको खेलमा बेल्जियमलाई जिताउन केभिन डि ब्रुयानले १ गोल थपे । बेल्जियमका लागि पहिलो हाफको थप समयमा लुकाकुले गोल गर्दै पहिलो हाफमा टिमलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि ५७औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ९०औं मिनेटमा डि ब्रुयानले गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

यो जितपछि बेल्जियमले समूह ‘आई’ मा ४ खेलपछि १२ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । पराजित स्कटल्यान्ड ६ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति June 12, 2019
Loading...