युरो कप छनौट : एन्डोरामाथि फ्रान्सको प्रभावशाली जित

काठमाडौं, जेठ २८
युरो कप छनौटमा विश्वविजेता फ्रान्सले शानदार जित निकालेको छ । गत राति भएको खेलमा उसले एन्डोरामाथि
४–० को जित निकालेको हो । फ्रान्सलाई जिताउन केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले १–१ गोल गरे ।

एन्डोराको घरमा भएको खेलमा सुरुबाटै प्रभाव जमाएको फ्रान्सका लागि खेलको ११औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ३०औं मिनेटमा यडरले गोल गरे । त्यसपछि पहिलो हाफको थप समयमा फ्लोरियले गोल गरेर फ्रानसलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि फ्रान्सले स्कोर गर्न सफल भयो । उसका लागि ६०औं मिनेटमा कुर्ट जौमाले गोल गरेपछि फ्रान्सले ४–० को जित निकाल्यो ।

यो जितसँगै जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ अंकसहित सबैभन्दा सिरानमा चढेको छ । टर्की र आइसल्यान्डको समान ९ अंक भए पनि फ्रान्स गोलअन्तरमा अगाडि रहेको छ ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार ०२:२८
Loading...