रियल मड्रिडले जोभिकलाई भोलि सार्वजनिक गर्दै

एजेन्सी, असोज २८
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना अनुबन्धित नयाँ खेलाडी लुका जोभिकलाई भोलि बुधबार सार्वजनिक गर्ने भएको छ । रियलले आज आफ्नो अफिसियल वेबसाइटबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सर्बियन खेलाडी जोभिकलाई भोलि घरेलु रंगशाला सान्टियागो बेर्नाबेउमा सार्वजनिक गर्ने जनाएको छ ।

रियलले जोभिकलाई यसै साता जर्मन क्लब फ्रान्कफुर्टबाट ७० मिलियन युरोमा अनुबन्ध गरेको थियो । स्पेनिस बार्सिलोनाले मुख्य टार्गेटमा राखेका जोभिकलाई रियलले ओभरटेक गरेर अनुबन्ध गरेको थियो ।

भोलि घरेलु दर्शकमाझ जोभिक पहिलोपटक रियलको जर्सीमा सार्वजनिक भएपछि उनी त्यसपछि पत्रकार सम्मेलनमा सहभागी हुने क्लबले जनाएको छ ।

रियलले जोभिकलाई आफ्नो टोलीका फ्रेन्च स्टार करिम बेन्जेमाको दीर्घकालीन प्रतिस्थापनका लागि अनुबन्ध गरेको हो । गोल मेसिन २१ वर्षीय फरवार्ड जोभिकलाई धेरैले क्रिस्टियानो रोनाल्डोको गोल संख्या पूर्ति गर्ने खेलाडीका रूपमा पनि हेरेका छन् ।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार १२:२७
Loading...