काठमाडौं, जेठ २८
पोल्यान्डमा जारी यु–२० फिफा विश्वकप फुटबलमा आजबाट सेमिफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा युक्रेन र इटाली आमनेसामने हुँदैछन् ।
यसपटक उपाधिका लागि इटालीलाई प्रमुख दाबेदार मानिएको छ । उसले समूह चरणबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सेमिफाइनलमा पनि उसले सहज जित निकाल्दै फाइनल पुग्ने सम्भावना छ ।
यसअघि क्वार्टरफाइनलमा इटालीले मालीलाई ४–२ र युक्रेनले कोलम्बियालाई १–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका थिए ।
आज हुने पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुँदैछ । दोस्रो सेमिफाइनल खेलमा भोलि इक्वेडर र साउथ कोरिया भिड्नेछन् ।
प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ११:५७