युरो कप छनौट : स्वीडेनमाथि स्पेनकोे शानदार जित (१२ खेलको नतिजासहित)

काठमाडौं, जेठ २८
सन् २०२० मा हुने युरो कपका लागि जारी छनौट खेलमा स्पेनले सहज जित निकालेको छ । गत राति भएको चौथो चरणको खेलमा स्पेनले स्वीडेनमाथि ३–० को जित निकालेको हो । यससँगै स्पेनले आफूले खेलेका चारवटै खेल जितेको छ ।

स्पेनको जितमा कप्तान सर्जियो रामोस, अल्भेरो मोराटा र मिकेल ओएरजवालले १–१ गोल गरे । स्पेनले गरेका ३ वटै गोल दोस्रो हाफमा गरेको थियो ।

स्पेनले खेलको ६४औं मिनेटमा रामोसको पेनाल्टीबाट पहिलो गोल गरेको थियो । मार्को एसेन्सियोको क्रसमा सेवास्टिन लार्सनले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा रामोसले गोल गरेका थिए ।

त्यसपछि खेलको ८५औं मिनेटमा वैकल्पिक खेलाडी मोराटाले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । उनले पनि पेनाल्टीबाटै गोल गरेका थिए । मोराटालाई स्वीडेनका फिलिप हेलेन्डरले लडाएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका थिए ।

त्यसपछि खेलको ८७औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए । उनी पनि वैकल्पिक खेलाडी थिए ।

यो जितसँगै स्पेनले समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक बनाएको छ । स्वीडेन ७ अंकसहित दोस्रो स्थानमा छ ।

गत राति नै भएका अन्य खेलमा कोसोभोले बुल्गेरियालाई ३–२, स्लोभेनियाले लाटभियालाई ५–०, पोल्यान्डेले इजरायललाई ४–०, डेनमार्कले जर्जियालाई ५–१, अस्ट्रियाले नर्थ म्याकेडोनियालाई ४–१, ग्रीबाल्टारलाई आयरल्यान्डेले २–०, फाराए आइसल्यान्डलाई नर्वेले २–० हरायो ।

त्यसैगरी, लक्जेमबर्गले युक्रेनलाई १–०, लिथुनियालाई सर्बियाले ४–१, मोन्टेनेग्रोलाई चेक रिपब्लिकले ३–० र माल्टालाई रोमानियाले ४–० ले हरायो ।

प्रकाशित मिति June 11, 2019
Loading...