रोनाल्डोलाई ‘सर्वाधिक गोलकर्ता’को अवार्ड

काठमाडौं, जेठ २७
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । अघिल्लो वर्षबाट सुरु भएको प्रतियोगितामा पोर्चुगलका कप्तान रोनाल्डो भने सेमिफाइनलबाटै मात्रै प्रतियोगितामा सामेल भएका थिए ।

उनले सेमिफाइनल र फाइनल खेलेर कूल ३ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर उपाधि जित्यो ।

सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध पहिलो खेल खेलेका रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । तर, फाइनलमा भने उनले गोल गर्न सकेनन् ।

नेसन्स लिगमा ३ गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि कूल ८८ गोल गरिसकेका छन् । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

त्यसैगरी, पोर्चुगलकै बर्नान्डो सिल्भाले ‘टुर्नामेन्ट अफ् द प्लेयर’को अवार्ड जिते भने नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले ‘योङ प्लेयर अफ् द टुर्नामेन्ट’को अवार्ड जिते ।

प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार १३:२०
Loading...