होन्डुरसको पोस्टमा ब्राजिलको ७ गोल !

काठमाडौं, जेठ २७
आफ्नो भूमिमा हुने कोपा अमेरिका फुटबलको तयारीमा रहेको ब्राजिलले मैत्रीपूर्ण खेलमा होन्डुरसमाथि फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा उसले होन्डुरसमाथि ७–० को जित निकालेको हो ।

ब्राजिलको फराकिलो जितमा ग्याब्रिएल जेसुसले २ गोल गरे भने बाँकी ५ गोल फरक–फरक खेलाडीले गरे । ब्राजिलले पहिलो हाफमा ३ र बाँकी ४ गोल दोस्रो हाफमा गरेको थियो ।

ब्राजिलका लागि खेलको छैटौं मिनेटमा जेसुसले पहिलो गोल गरेका थिए । त्यसपछि १३औं मिनेटमा थियागो सिल्भाले गोल गरे भने ३७औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीबाट गोल गररे पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ४७औं मिनेमा जेसुसले नै व्यक्तिगत दोस्रो गोल गर्दा ५६औं मिनेटमा डेभिड नेरेशले टोलीका लागि पाँचौं गोल गरे ।

त्यसपछि खेलको ६५औं मिनेटमा रोवेर्टो फर्मिन्होले छैटौं गोल गर्दा ७०औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि खेल ब्राजिलले ७–० ले जित्यो ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार २१:१७
Loading...