पेनाल्टीमा स्वीट्जरल्यान्डलाई हराउँदै इंग्ल्यान्ड बन्यो नेसन्स लिगमा तेस्रो

काठमाडौं, जेठ २६
पेनाल्टी सुट आउटमा स्वीट्जरल्यान्डलाई हराउँदै इंग्ल्यान्ड युइएफए नेसन्स लिग फुटबलको तेस्रो स्थानको विजेता बनेको छ । तेस्रो स्थानका लागि आइतबार राति भएको खेलमा इंग्ल्यान्डले पेनाल्टी सुट आउटमा ६–५ को नतिजा निकाल्यो ।

त्यसअघि निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

जहाँ दुवै टिमका सुरुआती ५–५ जना सबै खेलाडीले गोल गरेपछि सडन डेथमा गयो । जहाँ इंग्ल्यान्डले छैटौं पेनाल्टीमा गोल हान्यो पनि स्वीट्जरल्यान्डको छैटौं पेनाल्टी इंग्ल्यान्डका गोलरक्षकले आकर्षक तरिकाले बचाएपछि खेल इंग्ल्यान्डले ६–५ ले जित्यो ।

यसअघि सेमिफाइनलमा इंग्ल्यान्ड नेदरल्यान्ड्ससँग र स्वीट्जरल्यान्ड पोर्चुगलसँग समान ३–१ ले हारेका थिए ।

तेस्रो स्थानका लागि खेल भएपछि फाइनल खेल आजै राति १२ः३० बजेबाट पोर्चुगल र नेदरल्यान्ड्सबीच हुँदैछ ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १६:१६
Loading...