युइएफए नेसन्स लिग : उपाधिका लागि आज पोर्चुगल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं, जेठ २६
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुँदैछ । पहिलो संस्करणको उपाधिका लागि सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र नेदरल्यान्ड्स भिड्दैछन् ।

फाइनल खेल पोर्चुगलस्थित इस्टाडियो डो ड्रागाओ रंगशालामा नेपाली समयअुसार राति १२ः३० बजेबाट सुरु हुनेछ । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गका च्यानलबाट प्रत्यक्ष्ण प्रशारण हुनेछ ।

यसअघि सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्ड र नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आज नेदरल्यान्ड्सलाई हराएर दोस्रो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छन् । यसअघि उनकै नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो ।

दुवै टिम उत्तिकै बलिया भएकाले फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टिमसँग स्टार र युवा खेलाडी छन् ।

आजै तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित स्वीट्जरल्यान्ड र इंग्ल्यान्ड पनि खेल्दैछन् । यो खेल साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार ०५:३६
Loading...