युरो कप छनौट : रसियाले बर्सायो ९ गोल !

काठमाडौं, जेठ २६
युरो कप छनौट खेलमा रसियाले फराकिलो जित निकालेको । गत राति भएको खेलमा उसले सान मारिनोमाथि ९–० को जित दर्ता गरेको हो । रसियाको फराकिलो जितमा आर्टेम ज्युबाले ह्याट्रिकसहित ४ गोल हाने ।

आफ्नो घरमा भएको खेलमा रसियाका लागि फेडोर सोमोलोभले २ गोल हाने भने फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १–१ गोल हने । १ गोल भने सान मारिनोले आत्मघाती हान्यो ।

रसियाका लागि खेलको २५औं मिनेटमा सान मारिनोका मिचेले केभेलीको आत्मघाती गोलबाट अग्रता लियो । त्यसपछि ३१औं मिनेटमा अर्टिमले पेनाल्टीबाट गोल गरे । त्यसको ५ मिनेटमै फेडोरले कुद्रायसोभले गोल गरे ।

फेरि खेलको ४१औं मिनेटमा एन्टनले गोल गर्दै रसियालाई पहिलो हाफमा ४–० को सहज अग्रता दिलाए ।

पहिलो हाफमा गोल बर्साएको रसिया दोस्रो हाफमा झन आक्रामक देखियो । जहाँ उसले ५ गोल थप्यो । उसका लागि ७३औं मिनेटमा अर्टिमले व्यक्तिगत दोस्रो गोल गर्दा उनले ७६औं मिनेटमा पाएको पेनाल्टी खेर फाले ।

तर, लगत्तै उनले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि फेरि
७७ र ८३औं मिनेटमा सोमोलोभले गोल गर्दा रसिया ८–० ले अघि रह्यो । त्यसपछि खेलको ८८औं मिनेटमा अर्टिमले व्यक्तिगत चौथो गोल गर्दै टिमलाई ९–० को जित दिलाए ।

यससँगै समूह ‘आई’ मा रसियाले दोस्रो जित निकालेर खातामा ६ अंक बनाएको छ । ऊ दोस्रो स्थानमा छ । सान मारिनो अंकविहीन रहेर पुछारमा छ ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार ०२:४३
Loading...