युरो कप छनौट : विश्वविजेता फ्रान्सलाई टर्कीले चखायो नमिठो हार !

काठमाडौं, जेठ २६
सन् २०१८ को विश्वकप विजेता फ्रान्सलाई टर्कीले नमिठो हार चखाएको छ । युरो कप छनौटअन्तर्गत गत राति भएको खेलमा फ्रान्स टर्कीसँग २–० ले स्तब्ध बन्यो ।

आफ्नो घरमा भएको खेलमा टर्कीले फ्रानसलाई १ गोल पनि गर्न दिएन । उसका लागि कान एहान र सेन्जिग अन्डरले १–१ गोल गरे । कान एहानले खेलको ३०औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसपछि अन्डरले ४०औ मिनेटमा गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता दिलाए । तर, दोस्रो हाफमा पाहुना टोली फ्रान्सले कमब्याक गर्न सकेन । र, खेल टर्कीले २–० ले जित्यो ।

यससँगै समूह ‘एफ’ मा टर्कीले लगातार तेस्रो जित दर्ता गरेको छ । उसले ३ खेलमा ९ अंक बनाएर शीर्ष स्थानमा छ । फ्रान्स ६ अंक जोडेर दोस्रोमा रहेको छ ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार ०२:३१
Loading...