युरो कप छनौट : वेल्सलाई क्रोएसियाले हरायो

काठमाडौं, जेठ २५
युरो कप छनौटअन्तर्गत भएको तेस्रो खेलमा क्रोएसियाले वेल्सलाई हराएको छ । शनिबार राति क्रोएसियामा भएको खेलमा क्रोएसियाले पाहुना टोली वेल्सलाई २–१ ले निराश बनायो ।

क्रोएसियाको जितमा १ गोल उपहार पायो । उसले खेलको १७औं मिनेटमा जेम्स ल्वेरेन्सको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि खेलको ४८औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसकले गोल गर्दै खेल २–० बनाए । तर, खेलको ७७औं मिनेटमा वेल्सका डेभिड ब्रुक्सले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरे पनि थप गोल गर्न नसक्दा खेल क्रोएसियाले २–१ ले जित्यो ।

यो जितपछि समूह ‘एफ’ मा क्रोएसिया ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा २ खेलबाट ३ अंक जोडेको स्लोभेनिया छ भने पराजित वेल्स ३ अंकसहित तेस्रोमा छ । तर, वेल्सले क्रोएसियाभन्दा एक खेल कम खेलेको छ ।

यता, समूह ‘एच’अन्तर्गत भएको अर्को खेलमा आइसल्यान्डले आफ्नो घरमा अल्बानियालाई १–० ले हरायो ।

प्रकाशित मिति June 8, 2019
Loading...