रोनाल्डो दोस्रो अन्तर्राष्ट्रिय उपाधिनजिक, सफल होलान् ?

एजेन्सी, जेठ २५
पाँचपटकका बालोन डि‘ओर अवार्ड विजेता खेलाडी क्रिस्टियानो रोनाल्डो अर्को ठूलो अन्तर्राष्ट्रिय उपाधिनजिक छन् । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो आफ्नो कप्तानीमा देशको जर्सीमा तेस्रो दोस्रो अन्तर्राष्ट्रिय फाइनल खेल्दैछन् भने दोस्रो उपाधिबाट अब मात्रै एक कदम टाढा छन् ।

आइतबार राति युइएफए नेसन्स लिग फुटबलको फाइनलमा पोर्चुगल र नेदरल्यान्ड्स भिड्दैछन् । हुने सो खेलमा रोनाल्डोको टिम पोर्चुगललाई प्रमुख उपाधि दाबेददार टिम मानिएको छ ।

रोनाल्डो आफ्नो करिअरमा तेस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा छन् । यसअघि सन् २०१६ मा पोर्चुगलले रोनाल्डोकै कप्तानी तथा महत्त्वपूर्ण भूमिकामा फ्रान्सलाई हराउँदै युरो च्याम्पियन बनेको थियो ।

त्यसपछि पोर्चुगल युरोपको दोस्रो ठूलो प्रतियोगिता नेसन्स लिगको पहिलो संस्करणको फाइनलमा छ । यसपटक पोर्चुगललाई फाइनलसम्म लैजान रोनाल्डोले नै महत्त्वपूर्ण भूमिका खेलेका छन् । सेमिफाइनलमा स्वीट्जरल्यान्डमाथि ३–१ को जित दिलाउनेक्रममा रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।

यदि यसपटक फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगललाई उपाधि जिताए रोनाल्डोले करिअरमा दोस्रो अन्तर्राष्ट्रिय उपाधि जिताउनेछन् ।

यसअघि सन् २००४ मा पोर्चुगलले युरो कपको फाइनल खेलेको थियो । त्यसबेला पोर्चुगल फाइनलमा ग्रीससँग १–० ले पराजित हुँदै उपाधि जित्नबाट चुकेको थियो ।

त्यसपछि रोनाल्डोको कप्तानीमा सन् २०१६ मा पोर्चुगलले युरो कपको फाइनलमा फ्रान्सलाई उसकै घरमा १–० ले हराएर उपाधि जित्यो । यदि यसपटक पनि पोर्चुगलले उपाधि जिते रोनाल्डोले खेलेका कूल तीन अन्तर्राष्ट्रिय फाइनलमध्ये दुई फाइनल जित्नेछन्, जुन निकै राम्रो तथ्यांक हुनेछ ।

रोनाल्डो पार्चुगलका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले देशका लागि हालसम्म कूल ८८ गोल गरिसकेका छन् । त्यसमा सात ह्याट्रिक सामेल छ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार १२:५७
Loading...