युरो कप छनौट : आज पाँच रोमाञ्चक खेलहरू हुँदै (पूरा जानकारीसहित)

काठमाडौं, जेठ २५
सन् २०२० मा हुने युरोप कप फुटबलका लागि जारी छनौट खेलमा आज १३ खेल हुँदैछन् । अघिल्लो दिन कूल १२ खेल भए । अहिले तेस्रो चरणका खेलहरू हुँदैछन् ।

आज हुने धेरैजसो खेलमा ठूला टिमहरूको रोमाञ्चक भिडन्त हुँदैछन् । जसमा आज क्रोएसिया र वेल्स, आइसल्यान्ड, रसिया, बेल्जियम, इटाली, फ्रान्स र जर्मनीका खेलहरू मुख्य केन्द्रमा हुनेछन् ।

नेपालमा यी खेलहरू सोनी नेटवर्कअन्तर्गतका च्यानलबाट लाइभ प्रशारण हुनेछन् ।

आज हुने खेलबारे जानकारी :

  1. आइसल्यान्ड भर्सेस अल्बानिया – साँझ ६ः४५ बजे
  2. क्रोएसियन भर्सेस वेल्स – साँझ ६ः४५ बजे
  3. अर्मानिया भर्सेस लिचेस्टाइन – राति ९ः४५ बजे
  4. इस्टोनिया भर्सेस उत्तरी आयरल्यान्ड – ९ः४५ बजे
  5. माल्डोभा भर्सेस आन्डोरा – राति ९ः४५ बजे
  6. रसिया भर्सेस सान मारिनो – राति ९ः४५ बजे
  7. अजरबैजान भर्सेस हंगेरी – राति ९ः४५ बजे
  8. फिनल्यान्ड भर्सेस बोस्निया एन्ड हर्जगोभिना – राति ९ः४५ बजे
  9. बेल्जियम भर्सेस ताजकिस्तान – राति १२ः३० बजे
  10. ग्रीस भर्सेस इटाली – राति १२ः३० बजे
  11. स्कटल्यान्ड भर्सेस साईप्रस – राति १२ः३० बजे
  12. टर्की भर्सेस फ्रान्स – राति १२ः३० बजे
  13. बेलारुस भर्सेस जर्मनी – राति १२ः३० बजे

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०५:४४
Loading...