अन्तर्राष्ट्रिय फुटबलमा रामोसको नयाँ रेकर्ड !

एजेन्सी, जेठ २५
स्पेनको राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । ३३ वर्षीय रामोस अब अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी खेल्न जित्ने पहिलो खेलाडी बनेका छन् ।

युरो कप छनौटअन्तर्गत गत राति भएको खेलमा फारोए आइसल्यान्डलाई स्पेनले ४–१ ले हरायो । सो खेलमा १ गोल गरेका रामोसले हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कूल १२२ खेल जितेका छन् ।

उनले स्पेनकै इकर क्यासिल्लासको सर्वाधिक धेरै अन्तर्राष्ट्रिय जित संख्या १२१ लाई पछि पारेका हुन् । यसअघि धेरै खेल जित्नेमा क्यासिल्लास र रामोसको नाममा समान १२१ खेल थियो ।

तर, अब क्यासिल्लासलाई रामोसले पछि पारेका छन् । क्यासिल्लास रियल मड्रिडका पूर्वगोलरक्षक हुन् । रामोस अहिले रियलकै कप्तान छन् ।

क्यासिल्लसाले स्पेनका लागि कूल १६७ खेल खेल्दा १२१ खेल जितेका थिए । रामोसले १६४ खेल खेल्दा १२२ खेल जितेका छन् ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०५:२२
Loading...