शाकिरामाथि कर छली आरोपमा मुद्दा !

एजेन्सी, जेठ २५
चर्चित पपस्टार शाकिरामाथि कर छली अरोप लागेको छ । बार्सिलोनाका फुटबल जेरार्ड पिकेकी श्रीमती शाकिरामाथि १४.५ मिलियन युरो कर छली अरोप लागेको हो ।

स्पेनको बार्सिलोनास्थित कर कार्यालयले उनीविरुद्ध कर छली आरोपमा अदालतमा मुद्दा दायर गरेको छ । सो आरोपको बयानक्रममा उनी बिहीबार बार्सिलोनस्थित अदालतमा बयान दिन पुगेकी छन् ।

शाकिरामाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाखेरि कर नतिरेको आरोप लागेको छ । तर, शाकिराले भने आफूले नियमगत रूपमा सबै आम्दानीको कर तिरेको बताउँदै आएकी छन् । बयानका निम्ति अदालत जानेक्रममा शाकिरा पत्रकारबाट बच्न ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०४:१४
Loading...