रियल मड्रिडद्वारा हाजार्ड अनुबन्ध, बने सर्वाधिक महँगा खेलाडी !

एजेन्सी, जेठ २५
स्पेनिस रियल मड्रिडले इंग्लिस क्लब चेल्सीबाट इडेन हाजार्ड अनुबन्धको घोषणा गरेको छ । अघिल्लो दिन रियलले अफिसियल रूपमै बेल्जियन खेलाडी हाजार्डलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

२८ वर्षीय प्ले मेकर खेलाडी हाजार्डका लागि रियलले १०० मिलियन युरो खर्चिएको छ । हाजार्ड अब रियलको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन् । यसअघि रियलले क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबनध गरेको थियो ।

युरोपा लिग सकिएपछि लगत्तै रियलले हाजार्ड अनुबन्धको घोषणा गर्ने चर्चा भए पनि केही ढिला गरी उसले बेल्जियन स्टारलाई सान्टियागो बेर्नाबेउ उतार्ने टुंगो लगायो ।

रियलको अफिसियल वेबसाइटका अनुसार उसले हाजार्डसँग सन् २०२४ को जुन ३० सम्मका लागि सम्झौता गरेको छ ।

रियलले जुन १३ मा घरेलु रंगशालामा औपारिक रूपमा हाजार्डलाई सार्वजनकि गर्ने तयारी गरेको छ । रियलले यसअघि जर्मन क्लब फ्रान्कफुर्टबाट युवा फरवार्ड लुका जोभिकलाई अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०१:२४
Loading...