पहिलो हाफमा अर्जेन्टिनालाई २–० को अग्रता, चम्किए मेस्सी !

काठमाडौं, जेठ २५
जुन १४ बाट ब्राजिलमा सुरु हुने कोपा अमेरिका फुटबलको तयारीमा रहेको अर्जेन्टिना यतिबेला मध्यअमेरिकी क्षेत्रको निकारागुवासँग मैत्रीपूर्ण खेल खेल्दैछ । अर्जेन्टिनामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० को सहज अग्रता लिएको छ ।

अर्जेन्टिनाका लागि २ वटै गोल कप्तान लिओनल मेस्सीले गरे । उनले २ मिनेटको बीचमा २ गोल गरे । पहिलो खेलको ३७औं मिनेटमा निकारागुवाका ३ जना डिफेन्डरलाई बक्स एरियामा बिट गर्दै सहजै गोल गरे ।

लगत्तै अर्को मिनेटमा सर्जियो अगुइरोले हानेको प्रहार गोलरक्षकले पन्च गरेर आएको बेलमा नजिकै रहेका मेस्सीले सहजै गोल गरेर खेल २–० बनाए ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०१:१५
Loading...