युरो कप छनौट : स्पेन र युक्रेनको शानदार जित

काठमाडौं, जेठ २५
सन् २०२० मा हुने युरो कप खेलका लागि जारी छनौट खेलमा स्पेनले सहज जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत गत राति भएको खेलमा स्पेनले फारोए आइसल्यान्डलाई उसकै घरमा १–४ ले हरायो ।

स्पेन हाबी भएको खेलमा ३ गोल आफैंले हान्यो भने १ गोल उपहारमा पायो । स्पेनका लागि खेलको पाँचौं मिनेटमै सर्जियो रामोसले पहिलो गोल गरे । त्यसपछि १९औं मिनेटमा जेसस नाभासले गोल गरे खेल ०–२ बनाए ।

त्यसपछि खेलको ३०औं मिनेटमा आइसल्यान्डले गोल फर्कायो । उसका लागि ओल्सेनले गोल गरेका थिए । तर, त्यसको ३ मिनेटपछि नै आइसल्यान्डका खेलाडीले आफ्नै पोस्टमा गोल हाने । तेइयुर जेस्टाससनले आत्मघाती गोल गरेपछि स्पेन १–३ ले अघि रह्यो ।

त्यसपछि खेलको ७१औं मिनेटमा स्पेनका लागि जोसे लुइस गायाले गोल गरेपछि खेल स्पेनले १–४ ले जित्यो ।

गत राति नै भएका अन्य खेलमा जर्जियाले ग्रीबाल्टारलाई ३–०, चेक रिपब्लिकले बुल्गेरियलाई २–१, इजरायलले लाटभियालाई ०–३ ले हराउँदा डेनमार्क र आयरल्यान्ड १–१ मा रोकिए ।

त्यसैगरी, युक्रेनले सर्बियालाई ५–० को फराकिलो अन्तरले हराउँदा मोन्टेनेग्रो र कोसोभो १–१ को बराबरीमा रोकिए । अन्य खेलमा अस्ट्रियाले स्लोभेनियालाई १–०, नर्थ म्याकेडोनियालाई पोल्यान्डले १–० ले हराउँदा अन्तिम खेलमा नर्वे र रोमानिया २–२ को बराबरीमा रोकिए ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ००:५६
Loading...