रियल मड्रिडद्वारा नयाँ सिजनको जर्सी सार्वजनिक

एजेन्सी, जेठ २४
स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजन २०१९/२० का लागि जर्सी सार्वजनिक गरेको छ । उसले आज अफिसियल रूपमा नयाँ सिजनका लागि जर्सी लन्च गरेको हो ।

रियलले पराम्परागत रूपमा सेतो कलरको जर्सी सार्वजनिक गरेको छ । जसमा सुनौलो गोल्डेन कलरलाई पनि मिसाइएको छ । उक्त कलरले रियलको लोगोमा रहेको क्राउनको कलरलाई संकेत गर्छ ।

रियलले बिक्रीको चर्चामा रहेका खेलाडी ग्यारेथ बेल, इस्को र गोलरक्षक केलर नाभाससहितका खेलाडीको संलग्नतामा नयाँ जर्सी सार्वजनिक गरेको छ । कप्तान सर्जियो रामोस, लुका मोड्रिक, लुकास भासक्वेजलाई पनि नयाँ जर्सीमा देखाइएको छ ।

रियलले आजैबाट नयाँ जर्सी सर्वसाधारणलाई बिक्रीका लागि खुला गरेको पनि जनाएको छ ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार १२:३४
Loading...