काठमाडौं, जेठ २४
फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आज दुई खेल हुनेछन् भने बाँकी दुई खेल अर्को दिन हुनेछन् ।
आज हुने पहिलो खेलमा कोलम्बिया र युक्रेन खेल्दैछन् । खेल नेपाली समयअनुसार राति ७ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि अन्तिम १६ मा युक्रेनले पानाम र कोलम्बियाले न्युजिल्यान्डलाई हराएर फाइनल प्रवेश गरेका थिए ।
आज हुने अर्को खेलमा इटाली र माली भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । यसअघि अन्तिम १६ मा इटालीले पोल्यान्ड र मालीले अर्जेन्टिनालाई हराएर फाइनल प्रवेश गरेका थिए ।
प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०५:३५