हाजार्ड अनुबन्धका चेल्सी र रियल मड्रिडबीच डिल फाइनल !

एजेन्सी, जेठ २४
स्पेनिस रियल मड्रिड र इंग्लिस क्लब चेल्सीबीच इडेन हाजार्ड अनुबन्धका लागि सहमति बनेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार रियलले चेल्सीलाई हाजार्डका लागि १०० मिलियन युरो तिर्ने भएको छ ।

२८ वर्षीय हाजार्डलाई रियलले टोलीमा प्रमुख खेलाडी बनाउने तयारीसहित अनुबन्ध गर्न लागेको हो । बेल्जियमको टोलीका कप्तानसमेत रहेका हाजार्ड रियलका लागि प्रमुख हतियार हुने रियलले ठानेको छ ।

रियलले हालसम्म हाजार्ड अनुबन्धको औपचारिक घोषणा गरिसकेको छैन । स्पेनिस ‘मार्सा’का अनुसार रियलले हाजार्डसँग ५ वर्षका लागि सम्झौता गर्दैछ । रियल र चेल्सीले आज शुक्रबार औपचारिक रूपमा सम्झौता घोषणा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०४:५९
Loading...