चाइनिज ताइपेसँग नेपालको कठिन बराबरी, अभिषेकले गरे उद्धार !

काठमाडौं, जेठ २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपालले चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले पछि परेको स्थितिमा कमब्याक गर्दै बराबरीको नतिजा निकालेको हो ।

पहिलो हाफमा दबाब झेलेको नेपालविरुद्ध ताइपेले नेपाली गोलरक्षक किरण चेम्जोङकले गल्तीको फाइदा उठाउँदै गोल गरेको थियो ।

तर, दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । सुधारिएको खेल खेलेको नेपालका लागि खेलको ६९औं मिनेटमा अभिषेक रिजालले गोल हाने । सन्तोष तामाङको फ्रि किक प्रहारमा अभिषेक आकर्षक हेडिङ गोल गरेर खेल १–१ बनाए ।

अभिषेकलाई आज सुरुआती टिममै राखिएको थियो । उनले यसअघि मलेसियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसपछि दोस्रो खेलमै उनले गोल गरेर आफूलाई साबित गरे ।

यसअघि नेपालले मलेसियासँग उसको घरेलु मैदानमा २–० ले हारेको थियो । त्यसपछि आज उसले चाइजिन ताइपेसँग १–१ को बराबरी खेलेको हो ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १३:१८
Loading...